बुटवल - रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा एक पुरुषको सव फेला परेको छ । लुम्बिनी सांस्कृतीक नगरपालिका मनौरा निवासी ३५ वर्षिय महेन्द्र यादवको आइतवार विहान ७ बजे फेला परेको हो ।
ती पुरुषकाे घाँटीमा धारिलाे हतियार प्रहार भएकाे देखिएकाे जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी सत्यनारायण थापाले जानकारी दिए। उनको सव अहिले पोष्टमार्टमको लागि भैरहवा स्थित भिम अस्पतालमा राखीएको छ।
मृतक यादव राती ११ बजेसम्म स्थानिय एकजनाको विहेमा रहेका थिए । त्यसैलाई आधार बनाएर अनुसन्धान सुरु गरिएको डिएसपी थापाले बताए।