बाँके : पछिल्लो समय नेपालगञ्जसहित जिल्लामा कोरोना सङ्क्रमितका सङ्ख्यामा कमी आएको छ ।यससँगै अस्पतालमा बिरामीका चापमा कमी आउँदा शैयासमेत खाली हुन थालेका छन् ।
भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा आइतबार सङ्क्रमितका लागि छुट्याइएका शैयामध्ये दुवैका ६९, वेस्टर्न अस्पताल १४ र युनाइटेड अस्पतालका १२ शैया खाली रहेको जनाइएको छ ।
कोरोना नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालयद्वारा निषेधाज्ञा जारी भएपछि सङ्क्रमितको सङ्ख्यामा कमी आएको हो । रासस