गुल्मी - गुल्मीमा मदाने गाउँपालिका ट्रकले किचेर सहचालकको मृत्यु भएको छ । मदाने गाउँपालिका– २ , बाँझकटेरीमा ना २ ख ५७६५ नम्बरको ट्रकको पांग्राले शनिवार विहान सोही ट्रकका सहचालक प्युठानका २० वर्षिय गगन घर्तिको मृत्यु भएको हो ।
होमपाईप लगायतको सडकको निर्माण सामग्री बोकेर अर्घाखाँचीतर्फबाट आएको उक्त ट्रक ओरालोमा रोकिएको र सह–चालक घर्तीले पछाडि ओँट लगाउने क्रममा उनलाई पाङ्गा्रले किचेको थियो ।