बुटवल –निषेधाज्ञाको स्वरुप परिवर्तन भएसँगै रुपन्देहीमा बन्द भएका पसल तथा व्यवसायहरु पनि खुल्ने भएका छन् । तर ति व्यवसाय निश्चित समयसम्म मात्र सञ्चालन गर्न पाइने छ ।
माछामासु तरकारी फलफूल र दुधजन्य सामाग्रीहरु विहान ५ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्न पाइने छ । त्यसै गरी अन्य व्यवसाय भने विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन गर्न पाइने छ । तर व्यवसाय सञ्चालन गर्दा गर्दा स्वास्थ्य तथा सुरक्षाको मापदण्ड पालना गर्नुपर्ने छ ।
स्वास्थ्य मापदण्ड पालना गराउन सम्बन्धीत उद्योग बाणिज्य संघले स्वयंसेवक परिचालन गर्नुपर्ने प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा उल्लेख छ ।
मापदण्डको पालना नभएमा भने कोभिड १९ सम्बन्धमा बनेको अध्यादेश अनुसार कारवाही हुने प्रमुख जिल्ला अधिकारी अस्मान तामाङद्वारा जारी सूचनामा उल्लेख छ ।
रुपन्देहीमा स्वरुप परिवर्तन गर्दै असार ७ गतेसम्म निषेधाज्ञा थप, के खोल्न पाइन्छ, के पाइन्न ?