पाल्पा । गुल्मीको बढीगाड नदीमा बाढी आउने सम्भावना रहेको भन्दै जन तथा मौसम विज्ञान महाशाखाले आज रातीसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । पाल्पास्थित रुद्रबेनी जलमापन केन्द्रले बढीगाडमा पानीले जलसतहले सतर्कता तह पार गरेकाले बाढी आउने सम्भावना बढेको महाखाले जनाएको छ ।
बर्षा नरोकिएकाले नदीमा पानीको सतह बढ्दो क्रममा रहेको महाशाखाको भनाइ छ । 'बढीगाड नदी जलाधारमा थप बर्षा हुने सम्भावना भएकाले तटिय क्षेत्रमा आज राति सम्मै उच्च सतर्कता अपनाऔं,' जल तथा मौसम विज्ञान विभागले बताएको छ ।