बुटवल-बुटवल-तानसेन सडकको विकल्पका रुपमा बनेको वैकल्पिक सडक बुटवल धागो कारखानादेखि झुम्सा जोड्ने सडकलाई थप व्यवस्थित गर्न लुम्बिनी प्रदेश सरकारले बजेट छुट्याएको छ।
धागो कारखाना-झुम्सा जोड्ने सडक निर्माण शुरु गर्नको लागि १० करोड बिनियोजन भएको आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले बजेट प्रस्तुत गर्दै बताए।