प्युठान । लगातार परिरहेको पानीका कारण आएको बाढीले प्युठानमा एक जनालाई बगाएको छ । मल्लरानी गाउँपालिका–३ धरमपानी, बर्बोटका ४५ वर्षीय हिराबहादुर नेपाली बेपत्ता भएको प्रहरीले जनाएको छ ।
चुजाठाटी प्रहरी चौकीका इन्चार्ज रामबहादुर रानाका अनुसार मंगलबार साँझ घर फर्कने क्रममा नेपालीलाई खोलाले बगाएको हो ।
बेपत्ता नेपालीको बिहानसम्म पनि खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।