बुटवल । तीन दिनदेखि अबरुद्ध पूर्वपश्चिम राजमार्ग खुलेको छ । राजमार्ग विस्तारका लागि रुपन्देहीको देवदहमा बनाइएको डाइभर्सन बर्षा पछि आएको भलले बगाएपछि राजमार्ग तीन दिनदेखि अवरुद्ध थियो ।
सडक डिभिजन कार्यालय बुटवलले भत्किएको स्थानमा फेरि डाइभर्सन बनाएपछि बिहीबार रातिबाटै राजमार्गमा सवारीहरु हिड्न थालेका छन् । सडक खुलेपछि सामान्यरुपमा सवारीहरुको आवतजावत भइरहेको ट्राफिक कार्यालय बुटवलले जनाएको छ ।
यसअघि सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डको गौडाभिरको पहिरोले ५० मिटर सडक नै भत्काउँदा अवरुद्ध भएको सडक पनि बिहीबार दिउँसोदेखि सञ्चालनमा आएको छ । डाइभर्सन निर्माण गरी सडकको एकातर्फबाट मात्रै सवारी आवत जावत गरिरहेको ट्राफिक कार्यालयले जानकारी दिएको छ ।