बुटवल । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट खोप किन्ने विषयमा आएका समाचारहरु गलत भएको भन्दै खण्डन गरेको छ ।
मन्त्रालयले चीनबाट ४० लाख डोज खोप किनेका समाचारहरु बाहिरिएका थियो ।
बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले हालसम्म खोप खरीदका विषयमा ठोस निर्णय नभएको र यस विषयमा आएका समाचार गलत भएको बताएको हो ।
विभिन्न सञ्चारमाध्यमले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चीनबाट ४० लाख डोज खोप किन्ने निर्णय गरेको भन्दै समाचार प्रकाशन÷प्रसारण गरेका थिए । सरकारले चीन लगायत विभिन्न देशसँग खोप खरीदका विषयमा छलफल भइरहेको बताएको छ ।
नेपालले यसअघि चीन सरकारबाट १८ लाख डोज खोप अनुदानमा पाइसकेको छ ।