काठमाडौं । सर्वोच्च अदालतले पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउन अन्तरिम आदेश जाारी गरेको छ । पत्रकार तथा अभिवक्ताद्वय लिलानाथ घिमिरे र विष्णुकुमार गिरीले पत्रकारका लागि खोप उपलब्ध गराउन माग गर्दै सर्वोच्चमा रिटउपर सर्वोच्चले त्यस्तो आदेश दिएको हो ।
सर्वोच्च अदालतले पहिलो खोप लगाएका पत्रकारलाई दोस्रो र पहिलो खोप नलगाएका पत्रकारलाई पहिलो खोप उपलब्ध गराउन अन्तरिम आदेश जारी गरेको छ । नेपाल पत्रकार महासंघले यसअघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्री र सञ्चार तथा सूचना प्रविधि मन्त्रीसँग भेटेर पत्रकारका लागि खोपको व्यवस्था गर्न माग गरेको थियो ।