बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा १५ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार उक्त अवधिमा एक सय ३१ जनामा आरटीपीसीआर परिक्षण गरिएको थियो ।
त्यस्तै जिल्लामा उक्त अवधिमा तीन जना कोरोना संक्रमितको ज्यान गएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
योसँगै जिल्लामा सक्रिय संक्रमित तीन सय ३० जनामा झरेको छ ।
थपिएको संक्रमितमध्ये तिलोत्तमामा ५, सिद्धार्थ नगरमा ३, बुटवलमा २, देवदहमा २, सैनामैनामा २ र सियारीमा १ जना संक्रमित थपिएका छन् ।
योसँगै जिल्लामा २७ हजार आठ सय ९५ जना पुगेका छन् । तीमध्ये २ प्रतिशतको मृत्यु भएको छ भने एक प्रतिशत अझै सक्रिय संक्रमितका रुपमा रहेका छन् । हालसम्म संक्रमितमध्ये ९७ प्रतिशत निको भएको तथ्याङ्क जिल्ला कार्यालयले जारी गरेको हो ।