बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा २२ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जारी गरेको तथ्याङ्क अनुसार उक्त अवधिमा जिल्लामा एक सय ७६ जनाको आरटी पीसीआर परिक्षण गरिएको थियो ।
त्यस्तै तथ्याङ्क अनुसार जिल्लामा उक्त अवधिमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या शुन्य रहेको छ ।
योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या तीन सय सात पुगको छ ।
हालसम्म जिल्लामा कुल कोरोना संक्रमितको संख्या २७ हजार ९ सय १७ पुगेको छ । यीमध्ये ९७ प्रतिशतको निको भएको छ भने २ प्रतिशतको मृत्यु भएको छ । बाँकी १ प्रतिशत भने सक्रिय संक्रमित हुन् ।