बुटवल । पछिल्लो २४ घण्टामा रुपन्देहीमा १९ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले दिएको तथ्याङ्क अनुसार उक्त अवधिमा एक सय ६१ जनाको स्वास्थ्य परिक्षण गरिएका थियो ।
त्यस्तै सोही अवधिमा जिल्लामा एक जनाको मृत्यु भएको छ ।
योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या दुई सय ६८ जना पुगेका छन् । पछिल्ला दुई सातादेखि कोरोना संक्रमाको दर निरन्तर ओरालो लागिरहेको छ ।
जिल्लामा हासम्म २७ हजार एक सय ८६ जनामा संक्रमण देखिएको छ । उनीहरुमध्ये ९७ प्रतिशत निको भएका छन् भने दुई प्रतिशतको मृत्यु भएको छ । एक प्रतिशतमात्रै सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।