बुटवल । करीब दुई महिनापछि रुपन्देहीम भोलीदेखि सार्वजनिक यातायातको सवारी साधन चल्ने भएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले आज बैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई खुकुलो पार्दै जोर विजोर प्रणालीमा सवारी साधन चलाउन दिने निर्णय गरेको हो । निर्णय गर्नुअघि यातायात व्यवसायीहरुसँग जिल्ला प्रशासनले छलफल गरेको थियो ।
बैठकले सार्वजनिक यातायातको भाडा ५० प्रतिशतले बढाउने पनि निर्णय गरेको छ ।