बुटवल- जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मंगलबारदेखी सार्वजनिक सवारी चलाउन पाउने गरी निषेधाज्ञा खुकुलो गरेको छ । यससँगै बैशाख १६ गते देखी बन्द रहेका बस, माइक्रोबस लगायतका सवारी सञ्चालन हुन पाउने भएका छन् ।
तत्कालको लागि जोर विजोर प्रणालीबाट जिल्ला भित्र मात्र सार्वजनिक यातायात सञ्चालन हुनेछन् । सिट क्षमताको आधा यात्रु राखेर मात्र सार्वजनिक सवारी चलाउन पाइने छ ।
चालक र सहचालकले अनिवार्य रुपमा माक्ससँगै भाइजर प्रयोग गर्नुपर्ने तथा सवारी साधनलाई निर्मलीकरण गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय द्वारा सूचनामा उल्लेख छ । यस अघि असार ८ गतेबाट रुपन्देहीमा जोर विजोर प्रणालीबाट नीजि गाडी चल्न थालेका थिए ।