बुटवल । एस्ट्राजेनिका खोपका दुई डोजहरु १० महिनाको ग्यापमा लगाए सबैभन्दा धेरै एण्टिबडी विकास हुने तथ्या फेला परेको छ । एस्ट्राजेनिका खोप बनाएको अक्सफोर्ड भ्याक्सिन ग्रुपले हालै सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार ८ देखि १२ हप्ताको ग्यापमा भन्दा ४४ देखि ४५ हप्ताको ग्यापमा दुई डोज लगाउँदा शरिरमा खोपले सबैभन्दा धेरै एण्टिबडी विकास गर्छ ।
सोमबार सार्वजनिक गरिएको उक्त प्रतिवेदनमा खोप लगाएको एक बर्षसम्म एन्टिबडी बढिरहने तथ्य उजागर गरिएको छ । त्यस्तै अर्को नौलो कुरा त खोपको तेस्रो डोजले पनि दोस्रो डोजले भन्दा दोब्बर एन्टिबडी विकास गर्ने पत्ता लागेको छ । यसको अर्थ बुस्टरको रुपमा तेस्रो डोज लगाउन पनि सकिने अध्ययनमा पत्ता लागेको हो ।
‘त्यसकारण खोपको अभाव भइरहेको समयमा लामो समयको ग्याप पछि दोस्रो डोज दिनु राम्रो रणनीति हुनसक्छ । तेस्रो डोजले प्रतिरक्षाको सक्रियतालाई झनै बढाउँछ,’ प्रतिवेदनमा भनिएको छ ।
'पिअर रिभ्यु' भइनसकेको यो अध्ययनले देखाएको नतिजाले खोप अभाव भइरहेका बेलामा आसावादी हुने बाटो देखाएको संक्रामक रोग विशेषज्ञहरु बताउँछन् ।
अध्ययनमा भोलुन्टियरहरुको एउटा समूहलाई १५ देखि २५ दिनको ग्याप राखेर दोस्रो खोपको दोस्रो डोज लगाइएको थियो । उनीहरुमा ८ देखि १२ हप्ताको ग्यापमा दोस्रो डोज लगाउनेहरुको शरिरमा भन्दा दोब्बर एन्टिबडी विकास भएको पाइयो । यसैलाई आधार मानेर अक्सफोर्ड भ्याक्सिन ग्रुपले लामो अवधिको ग्यापमा दोस्रो डोज लगाएमा एन्टिबडी धेरै विकास हुने बताएको हो ।
(अक्सफोर्ड भ्याक्सिन ग्रुपद्वारा प्रकाशित प्रतिवेदनका आधारमा तयार पारिएको)