दाङ । दाङमा बस दुर्घटनामा परेको छ । सल्यानबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २४३९ नम्बरको बस मंगलबार बेलुका करिब ६ बजेतिर तुलसीपुर–३ शिरखोलामा दुर्घटनामा परेको हो । दुर्घटनामा ८ जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
बसमा २९ जना यात्रु सवार रहेकोमा अन्य यात्रुलाई सामान्य चोटपटक रहेको प्रहरी निरिक्षक झलक शर्माले बताए । घाइतेहरुको तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा भइरहेको छ । साँघुरो र घुम्तिी सडकका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।