बुटवल । नवलपरासीको सुनवलमा बाटो भत्किएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
डाइभर्सन बगाएपछि सवारी साधन बिहान ४ बजेदेखि रोकिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी राजु लामाले जानकारी दिए ।
अविरल बर्षाका कारण बुटवल–नारायणगढ सडक विस्तारका क्रममा सुनवल नगरपालिकका–५, वनकट्टी र वडा नम्बर १३ बडेरामा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएपछि राजमार्ग अवरुद्ध भएको हो ।
अहिले डाइभर्सन मर्मतको काम भइरहे पनि लगातार पानी परिरहेकाले समस्या भएको डीएसपी लामाले बताए ।
सवारीसाधनको चाप बढी भएपछि प्रहरीले वैकल्पिक बाटो हुँदै सवारी साधनलाई गन्तव्यमा पठाउने तयारी गरेको छ ।