बुटवल । रुपन्देहीमा पछिल्लो पटक कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले आज जारी गरेको पछिल्लो २४ घण्टाको तथ्याङ्क अनुसार जिल्लमा २ सय ४८ जनामा आरटीपीसीआर परिक्षण गर्दा ४४ जना नयाँ संक्रमित थपिएका हुन् ।
पछिल्ला १६ दिन यताकै सबैभन्दा धेरै संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । यसअघि जेठ ३१ गते ५१ जना संक्रमित थपिएका थिए । त्यसयताका दिनहरुमा दैनिक २०/२५ जना थपिदैं आएकामा आज एकैपटक ४४ जनामा संक्रमण देखिएको हो ।
योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या विस्तारै फेरि उकालो लाग्न थालेको छ । असार ११ गतेबाट उकालो लागेको सक्रिय संक्रमितको संख्या आज बुधबार आइपुग्दा दुई सय ४९ मा पुगेको छ ।
तथ्याङ्क अनुसार जिल्लामा पछिल्लो पटक एक जनाको ज्यान गएको छ । संक्रमणबाट जयान गुमाउनेको कुल संख्या चार सय ८८ पुगको छ ।