बुटवल । युरो २०२० अन्तर्गत पहिलो सेमिफाइनल खेल आज हुँदै छ । इंग्ल्याण्डको वेम्ली रंगशालामा नेपाली समय अनुसार राति पौने १ बजे खेल शुरु हुनेछ । पहिलो सेमिफाइनलमा इटाली र स्पेन आमने सामने हुने छन् ।
इटालीले क्वाटरफाइनलमा फिफा वरियताको शीर्ष स्थानमा रहेको बेल्जियमलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो । यसैगरी स्पेनले स्वीट्जरल्याण्डलाई पेनाल्टी सूटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै इटालीसँगको भेट पक्का गरेको थियो । स्पेन र स्वीट्जरल्याण्डले निर्धारित र अतिरिक्त समयमा तीन तीन गोलको बराबरी खेले पछि पेनाल्टी सूटआउटबाट नतिजा निकालिएको थियो ।
आज जित्ने टोलीले इङ्ल्याण्ड र डेनमार्कमध्ये कुनै एक सँग आउने शनिकार उपाधिका लागि भिड्ने छ ।