बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालले कोभिड आइसीयु वार्ड आफ्नै भवनमा सारेको छ ।
कोभिड–१९ का दुई वटा लहरमा बुटवल रामनगरस्थित धागो कारखानाबाट सेवा दिएको वार्डलाई अस्पतालले आफ्नै भवनमा सारेको हो ।
आज अस्पतालका अध्यक्ष सुर्यबहादुर भट्टराईले वार्डको उद्घाटन गरेका छन् । उनले अस्पताल परिसरमै कोभिड आइसीयु वार्ड ल्याएपछि स्वास्थ्यकर्मीलाई सहज हुने बताए । २० शैया रहेको आइसीयु सारिएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।
यसअघि अस्पतालमा संरचनाको अभाव भएकाले लामो समयदेखि सञ्चालन हुन नसकेको धागो कारखानामा अस्पतालले काेभिड वार्ड सञ्चालन गरेको थियो ।


