बुटवल । रुपन्देहीमा पछिल्लो पटक ३६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयले जारी गरेको पछिल्लो २४ घण्टाको तथ्याङ्क अनुसार उक्त अवधिमा दुई सय ५४ जनाको आरटी पीसीआर परिक्षण गरिएको थियो ।
योसँगै जिल्लामा कुल सक्रिय संक्रमितको संख्या तीन सय ३५ पुगेको छ । सक्रिय संक्रमितमध्ये सबैभन्दा धेरै बुटवलका रहेका छन् । बुटवलमा एक सय एक, तिलोत्तमामा ९८, सैनामैनामा ४१, देवदहमा ३५, कञ्चनमा २०, सिद्धार्थनगरमा १८, मायादेवीमा १२, शुद्धोधनमा ४, ओमसतियामा ३, सियारीमा २ र गैडहवामा १ जना रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ज्यान गुमाउने संक्रमितको संख्या शुन्य रहेको छ । हालसम्म जिल्लामा पाँच सय ४ जना संक्रमितले ज्यान गुमाइसकेको तथ्याङ्कमा छ ।
जिल्लामा कुल संक्रमितको संख्या २८ हजार ५ सय ५४ पुगेको छ । तीमध्ये २७ हजार ७ सय ५० जना निको भइसकेका छन् ।