बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा २४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार उक्त अवधिमा जिल्लामा एक सय ८८ जनामा आरटी पीसीआर परिक्षण गरिएको थियो ।
त्यस्तै सोही अवधिमा एक जना संक्रमितको ज्यान गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्य तीन सय १४ पुगेको छ । पछिल्ला तीन दिनदेखि सक्रिय संक्रमितको संख्यामा केही कमी आएको छ ।
आज थपिएका संक्रमित मध्ये बुटवलमा १० जना, तिलोत्तमामा चार जना, देवदशमा दुई जना, सैनामैनामा ६ जना र ओमसतियामा दुई जना रहेका छन् ।
हालसम्म जिल्लामा संक्रमितको संख्या २८ हजार पाँच सय ८९ पुगेका छन् । तीमध्ये दुई प्रतिशतको मृत्यु भएको छ भने एक प्रतिशत सक्रिय संक्रमितका रुपमा रहेका छन् । ९७ प्रतिशत निको भएका छन् ।