बुटवल । बुटवलमा भोलि बुधबार कोभिशिल्डको दोस्रो मात्रा खोप लगाइने भएको छ । बुटवल उपमहानगरपालिकाले जारी गरेको विज्ञप्ती अनुसार बुटवलका सबै वडाका ८४ बर्ष वा सो भन्दा माथिका नगरवासीलाईखोप लगाइने भएको हो ।
खोप बुटवल हाट बजारस्थित कान्ति माध्यमिक विद्यालयमा भोलि विहानदेखि लगाइने शिक्ष तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले जानकारी दिए ।
उपमहानगरपालिकाले खोप लगाउन आउँदा पहिलो मात्रा लगाएको खोप कार्ड लिएर खोप केन्द्रमा आउन आग्रह गरेको छ । त्यस्तै कोरोना नेगेटिभ भएको ३० दिन पछिमात्र खोप लगाउनुपर्ने विज्ञप्तीमा उल्लेख गरेको छ ।