बुटवल । रुपन्देहीमा ३० जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले जारी गरेको पछिल्लो २४ घण्टाको तथ्याङ्क अनुसार उक्त अवधिमा एक सय ७५ जनामा कोरोना परिक्षण गरिएको थियो ।
त्यस्तै उक्त अवधिमा जिल्लामा कुनै पनि संक्रमितको मृत्यु नभएको कार्यालयले जनाएको छ ।
थपिएका संक्रमितमध्ये बुटवलमा १२, तिलोत्तमामा ७, सिद्धार्थ नगरपालिकामा एक, देवदहमा २, सैनामैना नगरपालिकामा ४ र कञ्चनमा ४ जना रहेका छन् ।
योसँगै जिल्लामा कुल सक्रिय संक्रमितको संख्या ३ सय ३३ पुगेको छ ।
हालसम्म जिल्लामा २८ हजार ६ सय ८० कोरोना संक्रमित पुगेका छन् । तीमध्ये ५ सय ५ को मृत्यु र २७ हजार ८ सय ४२ जना निको भएका छन् ।