बुटवल । रुपन्देहीमा पछिल्लो पटक ३६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयले जारी गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा २ सय ९६ जनामा गरिएको परिक्षणमा उक्त संख्यामा कोरोना संक्रमित फेला परेका हुन् ।
त्यस्तै उक्त अवधिमा जिल्लामा कुनै पनि संक्रमितको ज्यान नगएको कार्यालयले जनाएको छ । तथ्याङ्क अनुसार जिल्लामा सक्रिय संक्रमितको संख्या तीन सय ३ सय ४१ पुगेको छ ।
पछिल्लो पटक थपिएका संक्रमितमध्ये तिलोत्तमामा १८ जना रहेका छन्, जुन अन्य सबै पालिकाहरुमा भन्दा धेरै हो । त्यसबाहेक बुटवलमा ७, देवदहमा ४, सिद्धार्थ नगरपालिकामा २, शुद्धोधनमा २ जना थपिएका छन् । त्यस्तै सैनामैना, ओमसतिया र कञ्चनमा एक–एक जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै जिल्लामा हालसम्म कुल संक्रमितको संख्या २८ हजार ७ सय १६ पुगेको छ । तीमध्ये ९७ प्रतिशत निको भइसकेका छन् भने १ प्रतिशतको मृत्यु भएको छ । बाँकी १ प्रतिशत सक्रिय संक्रमितका रुपमा रहेका छन् ।