बुटवल-रुपन्देहीमा कोरोना भाइरसको संक्रमणदर घटेपनि सक्रिय संक्रमितको संख्या भने घटेको छैन।
बिहीबार सार्वजनिक २४ घण्टाको तथ्याङ्क अनुसार रुपन्देहीमा ९ जना मात्रै संक्रमित थपिएका छन्। १४७ जनाको पीसीआर परीक्षण गरिएकोमा ९ जनामा मात्रै संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ।
जसमध्ये बुटवल, तिलोत्तमा र देवदहमा २-२ जना र सैनामैना, सुद्धोदन, सिद्धार्थनगरमा १-१ जना थपिएका छन्।
रुपन्देहीमा सक्रिय संक्रमित ३३४ जना छन्। साउन ५ मा २९८ रहेकोमा बढेर ३३४ पुगेको स्वास्थ्य कार्यलयले जनाएको छ। संक्रमितको संख्या भने विगतमा भन्दा कम हो।