बुटवल- चार विद्यार्थी संगठनले बुटवलको लुम्बिनी बाणिज्य क्याम्पसमा तालाबन्दी गरेका छन्। अखिल (क्रान्तिकारी), नेपाल विद्यार्थी संघ, अखिल (छैठौं) र अखिल क्रान्तिकारीले संयुक्त रुपमा आन्दोल गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।
प्रवेश परीक्षा फाराम खुलाई एमबिएसलाई निरन्तरता नदिएसम्म अनिश्चितकालका लागि ताला लगाइएको विद्यार्थी संगठनले जनाएका छन्। यस अघि उनीहरुले प्रेस विज्ञप्ती मार्फत २४ घण्टे अल्टिमेटम दिँदै तत्काल फारम खुलाउन माग गरेका थिए। तर ४ दिन बितिसक्दा पनि क्याम्पस प्रशासनले उक्त मागलाई बेवास्ता गरेकाले तालाबन्दी गरेको विद्यार्थी संगठनहरुले बताएका छन्।
लुम्बिनी वाणिज्य क्याम्पसले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको MBS कार्यक्रम र क्रमशः BBS लाई पनि हटाई पुर्ण रुपमा स्वायत्तता को बाटो हुँदै मानित विश्वविद्यालयको नाममा शैक्षिक प्रमाणपत्र व्यापार गर्ने भ्रष्टाचारको अखडा बनाउन लागेको विद्यार्थी संगठनले आरोप लगाएका छन् ।