पाल्पा : पाल्पाको तानसेन नगरपालिका–४ मा घर बनाउने क्रममा माटोको ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु भएको छ ।
नयाँ घर बनाउने क्रममा शुक्रबार दिउँसो माटोको ढिस्कोले पुरिएर बगनासकाली गाउँपालिका–१ घोरबन्दा बस्ने अन्दाजी ४५ वर्षीय हर्कबहादुर कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । ढिस्कोले पुरिएर घाइते भएका कुमालको उपचारका क्रममा मिसन अस्पतालमा मृत्यु भएको हो ।