दाङ–दाङमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको नमुना जाँचमा बंगलाचुली गाउँपालिकामा चार जना र बबई गाउँपालिमा एक जना गरी थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
झुलीडाँडा क्वारेन्टाइनमा बसेका ४६ जनाको नमुना संकलन गरिएको थियो ।
जस मध्य चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बंगलाचुली–४ का ३८ बर्षिय र वडा नं. १ निवासी २७ बर्षिय, २८ बर्षिय र ३३ बर्षिय पुरुष गरी चार जनामा कोरोना देखिएको हो ।
यस्तै बबई गाउँपालिका वडा नं. ६ निवासी ३० बर्षिय पुरुष व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको हो । हापुरे क्वारेन्टाइनमा बसेका ३० जनाको नमुना संकलन गरिएको थियो ।
शुक्रबार पुष्टी भएका पाँचै जना भारतबाट आएका र सिधै क्वारेन्टाइनमा बसेकाहरु रहेको सम्वन्धित गाउँपालिकाका स्वास्थ्य शाखाले जनाएका छन् ।
अहिले सम्म जिल्लामा देखिएका संक्रमित सबै भारतबाट आएकाहरु रहेका छन् । बिहिबार मात्रै दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । अहिले सम्म २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जस मध्य एक जना निको भएर शुक्रबार मात्रै घर फर्किएका छन् । शुक्रबार पुष्टि भएका संक्रमितहरुलाई कोरोना बिशेष अस्पताल बेल्झुण्डी लगिने छ ।