गुल्मी-गुल्मीको इस्मामा पहिरोमा फसेकाहरुको उद्धारका लागि हेलिकोप्टर ल्याउने प्रयास गरिएपनि मौसमको खराबीका कारण असफल भएको छ।
पुर्वमन्त्री गोकर्ण बिष्टले गृह मन्त्रालयबाट पहिरोका कारण इस्मामा घाइते भएकाहरुको उद्धार गर्न हेलिकप्टर ल्याउने तयारी गरेपनि मौसम प्रतिकुल र बस्ने स्थान नभएका कारण उडाउन नसकिएको बताए ।
अहिले जिल्ला प्रशासन कार्यालय र नेपाली सेनासँग समन्वय भइरहेकाले मौसम ठिक हुने बित्तिकै गाउँ आउने बिष्टले बताए । उनले सकेसम्म स्थल मार्ग मार्फत भए पनि घाइतेलाई स्वास्थ्य संस्थामा पुराउन र बिस्थापित परिवारको राहत र व्यवस्थापनमा कुनै कसुर बाँकी नराख्न जिल्ला प्रशासन कार्यालय र गाउँपालिकालाई निर्देशन दिएको बताए ।
अहिले स्थानीय र सुरक्षाकर्मीको टोलीले घाइतेलाई उद्धार र उपचारको पहल गरिरहेका छन् । गाउँमा रोपेको खेत र मकै बारी तथा गलेको जमिनका कारण हेलिकप्टर बस्न गाह्रो छ भने सडक सवै अवरुद्ध भएको कारण स्थानीय रुपमा उद्धार र घाइतेको थप उपचारमा समस्या परेको हस्तिचौर स्वास्थ्यचौकीका इन्चार्ज समसुल हक मियाँले जानकारी दिए ।