स्याङ्जा-स्याङ्जाको कालीगण्डकीमा पहिरो जाँदा एकजनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन्। कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ को खहरेमा माथिबाट झरेको पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको र अरु तीनजना अझै बेपत्ता भएको वडाध्यक्ष चक्रपाणि पाण्डेले जानकारी दिए । उनका अनुसार पहिरोमा पुरिएर साबिकको बिर्घा गाविस रहेको समयका अध्यक्ष इमानसिँह रानाको मृत्यु भएको छ ।
पहिरोमा परेर तीनजना बेपत्ता छन्। बेपत्ता हुनेमा सोही वडाका प्रेमचन्द्र पाण्डे, टीका थापा र गिमानसिँह थापा रहेको वडाध्यक्ष पाण्डेले जानकारी गराए। अहिले पहिरोमा पुरिएका व्यक्तिहरुको खोजी भइरहेको छ। स्थानीयले खोजी जारी राखेका छन् अहिले नेपाली सेनाको टोली पनि घटनास्थल पुगेको पाण्डेले जानकारी दिए।