काठमाडौं-पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मुग्लिङ सडकखण्ड ६ दिनपछि खुलेको छ।
पहिरोका कारण अवरुद्ध यो सडकखण्डमा शनिबार रातिदेखि दुईतर्फी नै गाडी चल्न थालेकाे इन्जिनियर कृष्णराज अधिकारीले जानकारी दिए।
मौवाखोलाको पुल मर्मतको काम सकिएपछि रातिदेखि नै गाडी चल्न थालेका हुन्। मौवाखोलामा रहेको पुलको केही भाग बगेपछि यो सडकखण्ड गएको ५ गतेदेखि बन्द भएकाे थियो।