दाङ-दाङमा पहिरोले घर पुरिदा २ जनाको मृत्यु भएको छ। अविरल वर्षका कारण बंगलाचुली गाउँपालिका-५ साकिने निवासी देवीराम नेपालीको घरमा माथिबाट पहिरो आउँदा उनकी २६ वर्षिया श्रीमती बाटुली नेपाली र २ वर्षिया छोरी आयुस्मा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
घरमा सुतिरहेको बेला बिहान ३ बजे घरमाथिको कान्ला भत्केर घर पुरिदा उनीहरुको मृत्युु भएको हो। पहिरोले घरको आधा भाग भत्किएको प्रहरीले जनाएको छ।