दाङ–घुसवापत् बुझेको नगद रकम र बैंकको भौचर बोकेर काठमाडौं जाँदै गर्दा तुलसीपुर उपमहानगरपालिका दाङका प्रमुख प्रशासकीय अधिकृत पक्राउ परेका छन्।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दाङबाट काठमाडौं जाँदै गर्दा शुक्रबार साँझ नागढुंगाबाट पक्राउ गरेको हो।
एक लाख ४० हजार नगद र आठ लाख बैंकमा जम्मा गरेको भौचर बरामद भएको अख्तियार स्रोतले जनाएको छ। त्यो रकम भुक्तानीबापत ठेकेदारसँग घुस लिएको अख्तियारको दाबी छ। घुस लिएर काठमाडौं आउँदै गरेको सूचनाका आधारमा आयोगको टोलीले नियन्त्रणमा लिएर खानतलासी गरेको हो।