दाङ-दाङको लमही अर्जुन खाेलाकाे किनारमा लस्करै मानिस बसेका छन्। हातमा कुस, गाइकाे गाेबर, माटाे, खरानी लिएर नाभि मुनि, छाति र निधारमा दल्दै विधिपूर्वक स्नान गरे। त्यसपश्चात् शिवालयमा जनैकाे पुजन गरियाे। यस बर्षकाे जनैपूणिर्मामा कोरोना भाइरसको त्रास छल्दै लमहीकाे शिवालयमा भक्तजनकाे भिड लाग्याे।

मन्दिर बाहिर प्रहरीले मास्क लगाएर मात्रै मन्दिर भित्र जान अनुराेध गरेकाे थियाे भने मन्दिर भित्र साउने साेमबार परेकाले पनि भक्तजनकाे भिड रह्याे। मन्दिर भित्र भने भाैतिक दुरी कायम थिएन। मास्कले नाक मुख दुबै छाेप्नुपर्ने भएपनि भक्तजनले मुख मात्रै छाेपेका थिए।

श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदै छ। हरेक वर्षको श्रावण शुक्ल पूर्णिमामा जनैपूर्णिमा मनाउने गरिन्छ।
आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन छ। शास्त्रीय मान्यताअनुसार विशेषगरी तागाधारी (ब्राह्मण, क्षेत्री, वैश्य) वर्गले वर्ष दिन वेद पढ्नुपर्ने र त्यसको साङ्गेको दिनका रुपमा जनै पूर्णिमालाई लिइन्छ।







