बुटवल-राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विजय राना घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले रानालाई राजस्वको कार्यालय बुटवल १३ बुद्धचोकबाट २ लाख रुपैयाँ घुससहित पक्राउ गरेको अख्तियार बुटवल कार्यालयका प्रमुख डा भीष्मकुमार भुसालले जानकारी दिए।
सुर्ती व्यवसायीसँग २ लाख रुपैयाँ घुस लिँदैगर्दा उनलाई अख्तियारको टोलीले पक्राउ गरेको हो। उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उनले बताए।