काठमाडौ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयका १५ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। केन्द्रीय कार्यालय टंगालमा कार्यरत १५ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। १ सय ८० जनाको स्वाब परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
आयोगका जनसम्पर्क तथा सञ्चारविज्ञ शरद अधिकारीका अनुसार संक्रमण देखिएकामध्ये धेरैजसो प्रहरी छन्, केही नमुना अझै परीक्षण हुन बाँकी छ। अधिकारीका अनुसार प्रहरी प्रधान कार्यालयबाट काजमा आयोगमा आएका १ जना सईलाई ज्वरो आएपछि परीक्षण गर्दा कोरोना भाइरस पुष्टि भएको हो। पछिल्लो समय प्रहरी प्रधान कार्यालयका ७२ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।