बुटवल-लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिए/नफैलिएको यकिन गर्न संकलन गरेका २ सय ३८ वटा स्वाबमध्ये शनिबार ३६ जनाको रिपोर्ट आएको छ।
३३ जनामध्ये ३२ जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिए। एकजनाको रिपोर्ट पोजेटिभ आएको छ। सिद्धार्थनगर नगरपालिका ठेगाना बताउने ४६ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको उनले बताए।
'हामीले त्यो दिन फिभर क्लिनिकमा आएकाहरुको पनि सँगै स्वाब लिएका थियौं,उनले भने-त्यसमध्ये शनिबार दिउसोसम्म त्यस्ता १ जनाको रिपोर्ट आएको छ।'
उनले अस्पतालमा टिपाएको मोबाइल नम्बरमा सम्पर्क हुन नसकेको डा गौतमले बताए। यसअघि शुक्रबार बिहान ३३ जनाको रिपोर्ट आउँदा सबैको नेगेटिभ थियो।
बाँकी स्वाबहरुको परीक्षण जारी रहेको उनले बताए। 'यहीबीचमा हामीकहाँ भर्ना भएका संक्रमितहरुको थप परीक्षण गर्नुपर्यो, त्यसैले केही ढिलो भएको छ,उनले भने।