दाङ-प्युठानकाे माडी नदीमा साइकल सहित खसेका २ बालक बेपत्ता भएका छन्। स्वर्गद्वारी नगरपालिका-७ सोत्रेमा साइकल सहित २ बालक बेलुका करिब ६ बजे माडीमा खसेर बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।
घर नजिकैको सडकमा साइकल चलाउने क्रममा शनिवार सडकबाट नदीमा खसेर सोही ठाउँका १० वर्षिय विपिन गौतम र उनको साथी सन्जोक पार्धे साइकलसहित माडी खोलामा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय प्युठानका इन्सपेक्टर बिष्णु पौडेलले जानकारी दिए।
उनीहरु गोतामेटोल भीरबाट साईकल सहित करिब एक सय मिटर तल माडी नदीमा खसेका हुन्। अहिले प्रहरी र स्थानीयले उनीहरुको खोजी गरिरहेका छन्।