नेपालगञ्ज-बाँकेमा एकैपटक ३० जना प्रहरीसहित ४८ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। भेरी अस्पताल, नेपालगञ्जले सार्वजनिक विवरणमा ३० जना प्रहरीसहित ४८ जना संक्रमित थपिएका छन्।
कोरोना भाइरसको संक्रमण पुष्टि भएका सबैजसो प्रहरी वडा प्रहरी कार्यालय, नेपालगञ्जका हुन्। वडा प्रहरी कार्यालयका २९ जना र एकजना बागेश्वरी मन्दिरमा ड्युटीमा रहेका प्रहरीलाई कोरोना भएको बाँके प्रहरीले जनाएको छ।
केही दिन अघि वडा प्रहरी कार्यालयबाट ४७ जना प्रहरीको स्वाव लिइएको थियो। त्यसअघि नै वडा प्रहरी कार्यालयका प्रहरीलाई कोरोना भएपछि कार्यालय सील गरिएको थियो।
बाँकेमा गत शनिबारदेखि बाँके जिल्लामा निषेधाज्ञा जारी रहेको छ। काँडेतारले बाटो छेकेर नेपाली सेनासहितको सुरक्षाकर्मी परिचालन भएका छन्। वडा प्रहरी कार्यालय सील गरिएको एरियामै पर्छ।