बुटवल-रुपन्देहीको तिलोत्तमामा समुदाय स्तरमा नमुना संकलन गरिएका मध्ये ५६ जनाको रिपोर्ट नेगेटिभ आएको छ।
समुदायमा संक्रमण रहे/नरहेको विश्लेषण गर्न नगरका विभिन्न ठाउँबाट पिसिआर परिक्षणको लागि नमूना संकलन गरिएको थियो। जसमध्ये ५६ जनाको रिपोर्ट नेगेटिभ आएको र ४४ जनाको रिपोर्ट आउन बाँकी रहेको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए।
नगरमा जोखिमयुक्त क्षेत्रहरुलाई सम्भावित सूची बनाएर नमूना संकलन गरिएको उनले बताए। 'बैंक, वित्तीय संस्था, पसलहरु, बढी सेवाप्रवाह हुने निकायहरुमा, जहाँ मानिसहरुको बढी आवत जावत हुन्छ त्यस्तो ठाउँलाई केन्द्रीत गरेका थियौं'-श्रीले भने।