बुटवल-बुटवल उपमहानगरपालिकामा करीब १० दिन पूर्ण लकडाउन हुने भएको छ। यसबारे निर्णय गर्न बुटवल उपमहानगरपालिकामा बैठक जारी छ। बुटवलभन्दा बाहिर जाने र बुटवल आउन चाहनेलाई २४ घण्टाको समय दिएर लकडाउन गर्नेबारे छलफल चलिरहेको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीका स्वकीय सचिव मेघराज भट्टराइले जानकारी दिए।
२४ घण्टापछि बुटवलमा प्रवेश गर्न र बुटवल बाहिर जान पनि रोकिनेछ। २४ घण्टाभित्र आवश्यक उपभोग्य सामग्री खरिद गर्न समय दिने र त्यसपछि अत्यावश्यकबाहेकका क्षेत्र बन्द गर्ने तयारी बुटवलको छ।
बुटवल उपमहानगरपालिकामा कोरोना भाइरसको संक्रमण फैलिदै गएपछि बुटवल उपमहानगरपालिकाले यो निर्णय गर्न लागेको हो।