बुटवल-बुटवल उपमहानगरपालिकाले बुटवल क्षेत्रमा पूर्ण लकडाउन जारी गरेको छ। लकडाउन साउन २९ गते बिहीबार राती ११:४५ बजेदेखि भदौ ५ गते राती ११:४५ बजेसम्म लागू हुनेछ।
बुटवल उपमहानगरपालिकाले बुटवल क्षेत्रमा सञ्चालन हुँदै आएका गाडी, बजारलगायतका क्षेत्र बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानकारी दिए।