बुटवल –ईस्लाम धर्मका धर्मगुरु पैगम्बर मुहम्मद मुस्तफा स्वल्लल्लाहो अलैहे वसल्लमको १४९४ औ जन्मउत्सवको अवसरमा बुटवलमा रहेको मदिना मदरसा मस्जिद प्रबन्ध परिषद् बुटवल–५ विकास पथको आयोजनामा वृहत स्वाथ्य शिविर, रक्तदान, मोटरसाईकल र्यालीका साथै मिलादुन कार्यक्रम र दृष्टिविहिनहरुलाई सहयोग गर्ने भएको छ ।
मदिना मदरसा मस्जिद प्रबन्ध परिषद्ले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी यहि कात्तिक २२ गते शुक्रबार विकास पथ मदिना मस्जिद गेट अगाडी निःशुल्क वृहत स्वाथ्य शिविर आयोजना गर्ने जानकारी गराएको छ ।
मदिना मदरासा मस्जिद प्रबन्ध परिषद्का अध्यक्ष हाजि शकुर मियाका अनुुसार निःशुल्क ल्याव परिक्षण सहित, निःशुल्क २ लाख रुपैयाँ सम्मको औषधी समेत वितरण गर्ने गरी १२ जना विशेषज्ञ चिकित्सकहरुको सहभागीतामा स्वाथ्य शिविर आयोजना गर्न लागेको हो ।
मदिना मदरसा मस्जिद प्रबन्ध परिषद्का सचिव जमिल मियाका अनुसार शिविरमा फिजिसिजन डा. खलिल मिया, स्त्री रोग विशेषज्ञ डा. रुकासान खान, अर्थोपीडिक सर्जन डा. समिर उल्लाह, दन्तरोग विशेषज्ञ डा. जुनेद खान, अर्थोपेडिक सर्जन डा. समिर खान, रेडियोलोजिष्ट डा. अजिज उल्लाह, जनरल र्सजन डा. सागर रिजाल, एमविविएस डा. सदामा बेगाम(अस्मी), बालरोज विशेषज्ञ डा. आरिफ हुसेन, एमविविएस डा. साहदत अली, मुटु रोग विशेषज्ञ डा. मजहर खान, एमविविएस डा. सविर मिया लगायतले स्वाथ्य शिविरमा सेवा प्रदान गर्ने छन् ।
मदिना मदरासा मस्जिद प्रबन्ध परिषद्को आयोजनामा २३ गते शनिवार धर्मगुरुको सम्मान विकास पद बाट मोटरसाईकल र्याली आयोजना हुने छ ।
अध्यक्ष हाजि शकुर मियाका अनुसार मोटरसाईकल र्यालीले बुटवलका विभिन्न स्थानको परिकर्मा गर्ने छ । यस्तै सोही दिन २३ गते शनिबार नै विहान ९ बजे देखि मस्जित परिषद्मा वृहत रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
मुस्लिम समुदायको पहलमा १७ बर्ष पहिलादेखि सुरु भएको रक्तदान कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता दिइएको परिषद्ले जनाएको छ ।
सोही दिन नै बिहान १० बजे छात्रवृत्ति वितरण कार्यक्रम राखिएको छ भने साँझ मस्जिद परिषर भित्र मिलादुन कार्यक्रम आयोजना गरिएको छ । २४ गते दिउँसो २ बजे नयाँ गाउँ सालघारीमा रहेका दृष्टिविहिनहरुलाई सहयोग गर्ने कार्यक्रम तय गरिएको छ ।
मुस्लिम समुदायका व्यक्तिहरुले पनि सामाजिक क्षेत्रमा कार्य गर्न सक्छन भन्ने उदाहरण सहित नेपालमै पहिलो पटक १७ वर्ष पहिला रक्तादान कार्यक्रम आयोजना गरिएकोमा यसलाई परिषद्ले निरन्तता दिएको छ ।
यस्तै यसवर्ष सुरु गरिएको बृहत स्वास्थ्य शिविरलाई समेत निरन्तरता प्रदान गर्ने अध्यक्ष हाजि शकुर मियाले जानकारी दिए ।
साथै परिष्दले प्रत्येक महिनामा निरन्तर रुपमा मस्जिद परिषद्का स्वाथ्य शिविर गर्ने समेत योजना बनाएको छ । महिनाको एक दिन विशेष दिन तोकेर उक्त दिन नियमित रुपमा स्वाथ्य शिविर आयोजना गरिने परिषद्ले जनाएको छ ।