पाल्पा-पाल्पाकाे तानसेनमा एक महिलामा कोरोना भाइरसको संक्रमण देखिएपछि तानसेनकाे मुख्य बजार सिल गरिएकाे छ। जिल्ला प्रशासन कार्यालय पाल्पाले तानसेन नगरपालिकाकाे पूर्वमा हुलाक चाेक, पश्चिममा गाैरीशंकर गेष्ट हाउस, उत्तरमा टक्सार माछा मसल र दक्षिणमा पेट्राेलपम्मकाे चारकिल्ला भित्रकाे विशाल बजार क्षेत्र अनिश्चितकालसम्मकाे लागि सिल गरिएकाे जानकारी गराएकाे छ।
साउन २९ गते बिहिबार राती ८ बजेदेखी लागू हुनेगरी विशाल बजार क्षेत्र सिल गरिएकाे जिल्ला प्रशासन कार्यालय पाल्पाकी सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ।
बिहिबारमात्र तानसेन–४, विशालबजारमा ४० वर्षिया महिलामा कोरोना भाइरसको सङ्क्रमण देखिएकाे थियाे।