कालिकोट-कालिकोटको महाबै गाउँपालिका वडा नम्बर ३ नकु भन्ने स्थानमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ। बिहीबार राति आएको पहिरोले वडा सदस्य रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको हो।
पहिरोमा परि वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर विष्टका दुई छोरी गरी छ जनाको मृत्यु भएको छ । सुरक्षाकर्मी र स्थानीय वासिन्दाले उद्धारको प्रयास गरिरहेका छन्। जिल्ला प्रहरी कार्यालय कालिकोटले पहिरोमा परि ६ जनाको मृत्यु भएको पुष्टि गरेको छ।