भैरहवा–शुक्रबार रुपन्देहीमा थप ११ जना कोभिड–१९ को संक्रमण देखिएको छ। रुपन्देहीको बुटवल उपमहानगरपालिकाका ५ र सिद्धार्थननगर नगरपालिका भैरहवाका ६ जना गरी ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बुटवल उपमहानगरपालिकाका ४१, २५, २७, २६ र ३९ वर्षिय पुरुषमा र सिद्धार्थनगरका ३७, ४२, ४९, ३५, २३ र २८ पुरुषमा संक्रमण पुष्टि भएको छ।
सिद्धार्थनगर वडा नं. ४ का ४ जना, देवकोटा चोकका २ जना, बुटवल देवीनगरका ४ जनामा र बुटवल १६ का एक जनामा कोरोना भाइरस परीक्षणको पीसीआर रिपोर्ट पोजिटिभ आएको भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए। थपिएका कोरोना संक्रमित सँगै रुपन्देहीमा कोभिड–१९ संक्रमितको संख्या ४ सय १७ पुगेको छ।
उनीहरु सबै आफ्नै इच्छाले बुटवलको नेशनल प्याथ ल्याबमा परीक्षण गराउन गएका व्यक्ति हुन्।