कपिलवस्तु-मंगलबार एकै पटक कपिलवस्तुमा २० जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये १९ जना तौलिहवा र एक जना बाणगंगा नगरपालिकाका भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
तौलिहवामा थपिएका संक्रमित मध्ये एक जना शिक्षक, चार जना विद्यार्थी, चार गृहणी, एक जना प्रहरी, गौरी हेल्थ पौस्टका हेल्पर, किराना पसले एक जना रहेका छन्।
यस्तै सुसारे एक र उनकी छोरी, एम्बुलेन्स चालक एक जना, मर्यादपुरका कोल्ड स्टोर संचालक एक जना, कस्मेटिक पसलका एक जना तथा नगरपालिकाको वडा नम्बर ३ का समुदायस्तरका २ जना छन्।
यस्तै बाणगंगा नगरपालिका–१ का गल्ला ब्यापारी समेत कोरोना संक्रमित भएका हुन्।