भैरहवा–बुधबार साँझ ६ः३० बजे सम्ममा रुपन्देहीमा ३८ जना नयाँ कोभिड–१९ संक्रमित थपिएका छन्।
आज थपिएका २ जना स्वास्थ्य कार्यालयका कर्मचारी र एक जना नेपाल बैक मणिग्रामकी कर्मचारी सहित जिल्लामा कोरोना संक्रमितको संख्या ५ सय ९६ पुगेको छ।
बुधबार रुपन्देहीका ७ पालिकाका ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले लुम्बिनी टाइम्सलाई जानकारी दिए।
शाहका अनुसार बुटवल उपमहानगरपालिका २० जना, सिद्धार्थनगरका ६ जना, तिलोत्तमाका १, सैनामैना १, सियारी ३, देवदह २ र सुद्धोधनका ५ जनामा संक्रमण देखिएको छ।
परिक्षणको दायरामा सम्पर्क व्यक्तिहरु आउन थालेपछि दैनिक रुपमा संक्रमित बढिरहेका छन्। निजी क्षेत्रबाट पनि नेशनल प्याथ ल्याबबाट सशुल्क दैनिक सयको हाराहारीमा परिक्षण भइरहेको छ।
आज बढेका संक्रमित बुटवल सबै भन्दा बढी संक्रमित भएको पालिका भएको छ बुटवल उपमहानगरपालिकामा १३१ जनामा संक्रमण भएको छ।
त्यस्तै सिद्धार्थनगरमा ७६, तिलोत्तमा नगरपालिकाका ७३, लुम्बिनी सांस्कृतिक नगरपालिकाका ६१, सैनामैनाका ४४, सम्मरीमाईका २७, गैडहवाका २६, कोटहीमाईका २६, कञ्चनका २५, देवदहका २४, मायादेवीका १९, सियारीका २१, मर्चवारीका १५, शुद्धोधनका १६, रोहिणीका ८, ओमसतियाका ४ र रुपन्देही बस्ने ठेगाना नखुलेको १ जनामा संक्रमण देखिएको छ।
संक्रमित मध्ये २५४ जना उपचाररत, ३४१ जना निको भएका र १ जनाको मृत्यु भएका जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक शाहले लुम्बिनी टाइम्सलाई जानकारी दिए।